भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले यस कम्पनी द्धारा प्रबर्द्धित सेतीनदी जलबिद्युत आयोजना (२५ मे.वा.) मा  लगानी गर्नुहुने शेयर सदस्यहरु बीच भर्चुअल (ZOOM) बिधिको माध्यमद्धारा बृहत अन्तरक्रिया कार्यक्रमकाे आयोजना गरेकाे थियाे । यस कम्पनीमा २०७७ काे चैत्र मसान्तसम्म ७६३ जना शेयर सदस्यहरु आबद्व रहनुभएकाे छ । यो कम्पनीले आफ्ना सबै शेयर सदस्यहरुलाई कम्पनी द्वारा सम्पादन गरिएका बिबिध क्रियाकलापहरु तथा कार्य प्रगति जानकारी गराउने उदेश्यले  २०७८ ज्येष्ठ १५ गते देखी १८ गते सम्म  दैनिक २ चरणमा  अन्तरक्रियात्मक कार्यक्रम संचालन गरेको  थियाे । कार्यक्रममा संस्थाका कार्यकारी अध्यक्ष जगत बहादुर पाेखरेल ज्यूले सबैलाई स्वागत गर्दै कम्पनी यहाँहरुको सहयोगबाट यहाँ सम्म आईपुगेको,छोटो समयमै उल्लेख्य प्रगति गर्न सफल भएको,यहि बीचमा बिश्वभरीनै कोभिडको महामारी आएको यो महामरीको बीच पनि कम्पनीका कुनै पनि कार्य  बीना अबरोध संचालन गर्न सक्नु कम्पनीको ठूलो सफलता हो यसमा यहाहरु सबैको सहयोग छ र भबिष्यमा पनि यहाहरुको सहयोगको अपेच्छा गर्दछु भन्नु भएकाे थियो । हामी हाम्रो कम्पनीमा भएका सबै कार्यहरु पारदर्षि बनाउन चाहान्छौ भन्दै कम्पनी संचालन मा केहि कठिनाईहरु आएता पनि सहजै हल गर्न सकिएको यसमा सिभिल तर्फको कार्यको जिम्मा प्राबिधिक टिमको शुक्ष्म अध्यन पश्चात आर्थिक तथा प्राबिधिक दृष्टिकोणले उपयुक्त देखिएको  नेपालमै प्रख्यात रहेको रसुवा-लुनी JV संग  यहाहरु सबैको सल्लाह अनुसार ठेक्का संझौता सम्पन्न गरिएको र सिभिल तर्फको कामनिरन्तर संतोषजनक रुपमा संचालन बे हाल करिब ४०% कार्य सम्पन्न भएको हाईड्रोमेकानिकल तर्फ ईण्डीयन कम्पनी वयलस्पोन संग संझौता भै पाईप निर्माणको कार्य सुरु भएको छ भन्दै ईलेक्ट्रोमेकानिकल तर्फ प्राप्त टेन्डरलाई Shortlist गर्ने कार्य भएर टप ५ वटा टेन्डरमा नेगोसियसन समितिले अफ्नो कार्य गरिरहेको अब केहि दिनमै प्रक्रिया टुङ्ग्याउने बिस्वास दिलाउनु भयो । काम गर्ने सिलसिलसमा केहि अफ्ट्याराहरु आहनु स्वभाबिक  यसलाई हामी सबै मिलि पार गर्नु पर्छ भन्दै यो अन्तरक्रिया कार्यक्रममा सहभागि हुनुहुने सबैमा धन्यबाद दिदै हर चरणका कार्यक्रम हरु अगाडि बढाउनु भएको थियो  ।

अन्तरक्रिया कार्यक्रममा संचालक संतोष पोखरेलले स्वागत मन्तब्य राख्दै  कम्पनी संचालनका क्रममा गरिने बिधि प्रकृयाका बारेमा सबैलाई जानकारी गराउदै सबैकाम हरु बिधि र पद्धति अनुसारनै अगाडि बढेकाले समयमै आयोजना सम्पन्न हुनेमा सबैलाई ढुक्क हुन अनुरोध गर्दै भर्चुअल बिधि द्वारा कार्यक्रममा जोडिनुहुने सबैलाई हार्दिक स्वागत गर्दै धन्यबाद दिनु भएको थियो ।

कार्यक्रममा प्रोजेक्ट डाईरेक्टर ई.लेखनाथ पाण्डेयले आयोजना स्थलमा संचालनको प्रक्रियामा रहेका कार्यहरुको बिबरण सबै सामु राख्दै  आजसम्म यहाहरु सबैको सहयोग सल्लाह प्राप्त भै रहेको र आगामी दिनमा पनि  यसै गरि सगं संगै जान सकेमा निर्धारित समय भित्रै आयोजना सम्पन्न हुने छ भन्ने बिश्वास दिलाउनु  भयो ।

अन्तरक्रिया कार्यक्रममा काठमाण्डौ कार्यालयबाट गरिएका कार्यहरुको प्रस्तुति कम्पनी सचिब मीनप्रसाद ढकाल,बुटवल कार्यालय बाट काम गर्दा आईपरेका समस्या तथा शेयर सदस्यहरु तथा कम्पनी बीच कस्तो सम्बन्धको खाचो छ भन्ने  सन्दर्भमा बुटवल कार्यालयका ब्यबस्थापक सरस्वती पोखरेल र ईलेक्ट्रोमेकानिकल तर्फ गरिएका नेगोसियसन सम्बन्धि बैठक तथा गरिएका कार्यहरुको प्रस्तुति कम्पनीका सहयोगी रबिन पोखरेल द्वारा गरिएको थियो।

प्रत्येक दिन बिहान ८ बजे र साझ ६ बजे संचालन गरिएको कार्यक्रममा बुटवल,पोखरा,काठमाण्डौ, चितवन का साथै तनहुका शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । छलफलमा उपस्थित अधिकांश शेयर सदस्यहरुले कम्पनीको प्रगति यसमा संलग्न ब्यक्तिहरु कामको प्रकृया यसमा आएका समस्य, टेन्डर प्रक्रिया साथै यस संग सम्बन्धित जिज्ञासाहरु राख्नु भएको थियो ।

आयोजना स्थल संग सम्बन्धित  जिज्ञासा हरुको उत्तर प्रोजेक्ट डाईरेक्टर लेखनाथ पाण्डेयसमग्र कम्पनीका सम्बन्धमा उठाईएका जिज्ञासा हरुको उत्तर कार्यकारी अध्यक्ष ज्यूले दिनु भएको थियो । कार्यक्रममा सहभागि सबैले कम्पनीको कार्यप्रगति पाउदा अत्यन्तै खुसि महशुस गरेको छोटो समयमा नै कम्पनीले उल्लेख्य प्रगति गर्न सफल भएको सबै जनालाई जुम मार्फत सहभागि गराएर कम्पनीको कार्य प्रगति सुन्न पाएकोमा अत्यन्तै खुसि भएको जानकारी गराएका थिए ।

२०७३ मा बुटवलमा भिजन लुम्बिनी लिमिटेडको कम्पनी कम्पनी दर्ता भै संचालनमा आएको थियो यस अन्तरगत ९ वटा बिभिन्न सेक्टरमा लगानी गरि यसमा बद्व रहेका सबै सदस्यहरुको जिबन स्तरमा बृद्वि गरि आर्थिक सम्बृद्विमा जोड्ने एक महत्वाकांक्षी योजना लिएको कम्पनीले हाल यसमा बिभिन्न ४ क्षेत्रमा आफ्ना गतिबिधिहरुलाई अगाडि बढाएको छ ।  यसै अन्तरगत भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले सेतीनदी उर्जा कम्पनी(२५मे.वा) कास्कीको माछापुच्छ्रे गांउपालिका वडा नं.२ मा अगाडि बढाएको छ । हाल  लुम्बिनी उर्जा कम्पनी लिमिटेडमा देशका बिभिन्न स्थानबाट जोडिनु भएका ७६३ जना शेयर सदस्यहरु हुनुहुन्छ ।