Vision Lumbini

सामुहिक लगानी र उच्चतम प्रतिफल लाई आत्मसाथ गर्दै मानव जिवनमा महत्वपूर्ण भूमिका खेल्ने शिक्षा,स्वास्थ्य,पर्यटन,कृषि,अर्थ तथा वित्त,संचार,व्यापार व्यबसाय,उर्जा र अनुसन्धान गरि ९ वटा महत्वपूर्ण बिषयगत परियोजनाका क्षेत्रमा लगानी बढाई आर्थिक सम्बृद्वि संग जोड्ने उदेश्यका साथ स्थापना गरिएको भिजन लुम्बिनी कम्पनि अन्तरगतको सहायक कम्पनि हो भिजन लुम्बिनी उर्जा कम्पनि । जलविद्युत क्षेत्रमा समेत लगानी गर्ने सोँच लिई भिजन लुम्बिनी उर्जा कम्पनीको स्थापना भई सो कम्पनीले २०७५ बैशाख ८ गते विद्युत विकास विभागवाट सर्वेक्षण पत्र प्राप्त गरेको थियो ।

जलश्रोतको अपार भण्डार, प्राकृतिक सम्पदाको मुहानसहित पर्यटकीय सौन्दर्यताले भरिपूर्ण, “नेपाल गरीब छैन, हामी धनी बनाएर सबैलाई आर्थिक समृद्धिसंग जोड्न चाहन्छौँ । यहि संभावनालाई आत्मसाथ गर्दै निर्माण गर्ने अभिप्रायले विभिन्न क्षेत्रमा समेटिनु भएका महानुभावहरुलाई एउटै मूलधारमा आबद्ध गरी नीजि क्षेत्रका उद्यमी, व्यवसायी, शिक्षक,कर्मचारी, स्वास्थ्यकर्मी तथा कृषकहरुसंग रहेको विविध बिषयको अनुभवलाई एकिकृत गरि बहुआयामिक तथा महत्वाकाक्षी उदेश्य बोकेको भिजन लुम्बिनी पब्लिक लिमिटेडको अभिन्न अंगको रुपमा स्थापित यो कम्पनीले यहाँहरुका अमूल्य सल्लाह , सुझाव र सहयोगको आधारमा छोटो समयमै उल्लेख्य कार्यहरु गर्न सफल भएको छ । 

हाल यस कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा देशका बिभिन्न स्थानमा रहनु भएका एक हजार बढी लगानीकर्ताहरुको सामुहिक लगानीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना संचालन गरिरहेको छ । यो आयोजना नेपालकै एक पृथक पहिचान बोकेको नमूना आयोजना हो । हाम्रो निर्माणाधीन आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ र यसको अलावा वडा नं. १,३,४ र पोखरा महानगर पालिकाको वडा नं. १९ को केहि भागमा रहेकाे छ ।

कम्पनीका बिषेशताहरू

– कार्यान्वयन पूर्ब योजना निर्माण
– ब्यापक छलफल बहस तथा अन्तरक्रियामा जोड
– पारदर्शिता तथा समयनै सूचना प्रबाह
– परिणाममुखि नीति तथा मार्ग दर्शन
– गुणस्तरीय लगानी तथा सहकार्यतामा बिस्वास

सामाजिक उत्तरदायित्वमा हाम्राे संस्था :

यस कम्पनीले आयोजना स्थलको प्रभावित क्षेत्र अन्तरगत विभिन्न क्षेत्रमा देहाय बमोजिमकाे सामाजिक काम गरेकाे छ ।

क. स्वास्थ्य सम्बन्धि सहयोग
– स्वयं सेविका सम्मान
– गाँउपालिका तथा वडा नं. १,२,३
  लाई स्वास्थ्य सामग्री सहयोग
– कोभिड–१९ संग सम्बन्धित स्वास्थ्य सामग्री वितरण

ग. खेलकुद तथा युवा बिकास कार्यक्रम सहयोग
– माछापुच्छ्रे युवा क्लब
– घाचोक युवा क्लव
– टुसे युवा क्लब
– कमराङ युवा क्लब
– सयपत्री युवा क्लब
– सार्दीखोला युवा क्लब

                             ङ. अन्य समुदाय सहयोग
सार्दीखोला च्याङलुङ मोटरबाटो                       सडकलाईट सहयोग वडा नं.२             तातोपानी संरक्षण सम्बन्धी कार्यक्रम संचालन सहयोग वडा नं.१    भुर्जुङखोला भराभरी, काभ्रे सडक मर्मत सहयोग
पंच बौद्ध गुम्बा कोट कसेरी सडक मर्मत सहयोग           पोखरा भुर्जुङग खोला सडक मर्मत सहयोग

यसरी हामी हाम्रा हरेक क्रियाकलापहरु स्थानीय तहसंगको प्रत्यक्ष सहभागितामा सम्पन्न गर्न चाहन्छाै आयोजना संचालनका क्रममा
स्थानीय महानुभावहरुले गर्नु भएको सहयोगका लागि हार्दिक धन्यवाद दिन चाहन्छु । 

 
 

 

 

ख. शैक्षिक सहयोग
– माछापुच्छ्रे मा.वि.कास्की
– जन जागरण प्रा.वि.कास्की
– हिमालयन आधारभूत विद्यालय कास्की
– भराभरी प्राथमिक विद्यालय कास्की

घ. खानेपानी,सिचाई तथा सरसफाई सहयोग
– खानेपानी सहयोग वडा नं.१९
– भराभरी काभ्रे ह्याण्डपाईप सेटिङ सहयोग
– भुर्जुङखोला सरसफाइ तथा डस्टबिन बितरण सहयोग