गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालले कास्कीको माछापुच्छ«े गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको आज स्थलगत निरीक्षण गर्नुभएको छ । प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले डेढ वर्षअघिदेखी माछापुच्छ«े– को भराभरीमा जलविद्युत आयोजनाको काम अघि बढाएको छ । अर्थमन्त्री बरालले भराभरीस्थित आयोजनाको बाँधस्थल, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गर्नुभयो । उहाँलाई आयोजनाका प्रवन्धक इन्जिीयिनर लेखनाथ पाण्डेले हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।
सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री बरालले आयोजना माछापुच्छ्रे गाउँपालिका तथा समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताउनुभयो ।उहाँले भन्नुभयो,“यस आयोजना हाम्रा लागि गौरवको प्रोजेक्ट हो । निर्धारित समयभित्रमै सबै काम सम्पन्न भएर विद्युत उत्पादन गर्न सफल हुनुहोला । ” परियोजना प्रवन्धक इन्जिीनियर पाण्डेले हालसम्म आयोजनाको समग्रमा ४० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो । उहाँले आगामी १४ महिनाभित्रमा आयोजना सम्पन्न भएर विजुली उत्पादन भइसक्ने बताउनुभयो । भिजन लुम्बिनीले बनाउन लागेको आयोजना नदी जलप्रवाहमा आधारित छ । माछापुच्छ«को भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी छ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ ।
लुम्विनी प्रदेशको बुटवलमा रहेको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडबले सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धन गरेको हो । विसं २०७७ साउनदेखी २७ महिनाभित्रमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकामा कार्यतालिका अनुसारनै काम अघि बढेकाले तोकिएको समय अगावै विद्युत उत्पादन हुने भिजन लुम्विनी उर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ । रु पाँच अर्व लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गरेका छन् ।
बाँकी रकम प्रवद्र्धक कम्पनी तथा स्थानीयवासीले लगानी गर्नेछन् । उहाँका अनुसार आयोजनामा लगानीका लागि स्थानीयवासी समेत उत्साहित छन् । स्थानीय ६०० जनाले आयोजनामा लगानी गरेका छन् । जलविद्युत आयोजनाका लागि आवश्यक ७० रोपनी निजी जमिन स्थानीयवासीबाट खरीद गरिसकिएको तथा सरकारी ३० रोपनी क्षेत्रफल जमिन र वन क्षेत्रका केही रुख कटान गर्नुपर्ने भएकाले सोको प्रश्ताव वन मन्त्रालयमा पेश गरिएकामा मन्त्रिपरिषद्बाट स्वीकृत भएको आयोजनाका सामाजिक विकास प्रवन्धक बमबहादुर गुरुङले जानकारी दिनुभयो ।
आयोजनाले उत्पादन गरेको विद्युत वर्खायामको छ महिना चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसा प्रति युनिटमा विद्युत प्राधिकरणले खरीद गर्ने सम्झौता छ । आयोजनाले सामाजिक उत्तरदायित्व अन्तर्गत माछापुच्छ«ेको स्थानीय सरकार, शैक्षिक संस्था तथा विभिन्न क्लबहरुलाई सहयोग गर्दै आएको जनाएको छ । सामाजिक उत्तरदायित्वबाट वार्षिक रु ९० लाख सहयोग गर्ने सम्झौता स्थानीय सरकारसँग भएको बताइन्छ ।