गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सेतिनदी जलबिद्युत्त आयोजनाको निरिक्षण गर्नुभएको छ । कास्की माछापुच्छे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको हो । आयोजनाको प्रबर्धक कम्पनी भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले २ वर्ष अघिदेखी माछापुच्छैको वडा नं १,२ र ३ अनि पोखरा महानगरपालिकाको ११ वडामा निर्माणाधिन जलविद्युत आयोजनाको काम अघि बढाईरहेको छ । मुख्यमन्त्री नेपालीले माछापुच्छे्र गाउँपालिकाको भराभरीमा रहेको आयोजनाको हेडवक्र्स, सेटलिङ बेसिन लगायतका निर्माणाधीन संरचनाहरुको निरीक्षण गर्नुभएको हो । उहाँलाई प्रोजेक्ट म्यानेजर लेखनाथ पौडेलले हालसम्मको कार्यप्रगतिका बारेमा जानकारी गराउनुभएको थियो ।

सो अवसरमा संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री नेपालीले आयोजना माछापुच्छ्रे गाउँपालिका तथा समग्र गण्डकी प्रदेशका लागि गौरव भएको बताउनुभयो ।उहाँले भन्नुभयो,“यस आयोजना हाम्रा लागि गौरवको प्रोजेक्ट हो । निर्धारित समयभित्रमै सबै काम सम्पन्न भएर विद्युत उत्पादन गर्न सफल हुनुहोला । ” सोहि अवसरमा प्रवर्धक कम्पनि भिजन लुम्बिनी उर्जा कम्पनिका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले आगामी चैत्र मसान्त भित्रमा बिद्युत उत्पादन गर्ने गरि काम धमाधम भईरहेको जानकारी गराउनु भएको थियो । हालसम्म आयोजनाको समग्रमा ६५ प्रतिशत कार्य सम्पन्न भईसकेकोले चैत्र मसान्तसम्ममा बिजुली उत्पादन गर्न सम्भव छ हाम्रो काममा ढिलासुस्ती हुदैन हामी भनेकै समयमा काम पुरा गर्छौ उहाँले भन्नुभयो । । कम्पनिले माछापुच्छे«को भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी ६ हजार ४०० मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर १८७ मिटर उचाइबाट निर्माणाधीन पावर हाउसमा खसालेर विद्युत उत्पादन गर्ने योजना सहित कामहरु धमाधम गरिरहेको छ । पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुई वटा टर्वाइनमा जोडिनेछ ।

लुम्विनी प्रदेशको बुटवल प्रधान कार्यालय रहेको भिजन लुम्विनी उर्जा कम्पनी लिमिटेडले सेती नदी जलविद्युत आयोजनाको प्रवद्र्धन गरेको हो । उत्पादित विद्युत चार किमी दूरीमा रहेको लाहाचोकमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणको सवस्टेशनमा जम्मा गरी राष्ट्रिय प्रशारण लाइनमा जोड्ने योजना छ । रु पाँच अर्व लगानी रहेको आयोजनामा रु तीन अर्व ५० करोड विभिन्न बैँक तथा वित्तिय संस्थाले लगानी गरेका छन् ।