गण्डकी प्रदेश कास्की जिल्ला स्थित माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजनाको पुर्व अर्थमन्त्रि खतिवडाले सेतिनदी जलविद्युत आयोजना अवलोकन गर्नुभएको छ । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले पर्वद्धन गरिरहेको आयोजनाको निर्माण कार्य करिब ८५ प्रतिशत पूरा भएको छ । पूर्व मा.अर्थमन्त्रि खतिवडाले स्थलगत अवलोकनको क्रममा आयोजनामा भएको प्रगतिबारे प्रत्यक्ष अवलोकन गर्न पाउँदा निकै खुसी लागेको र छिट्टै सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनुभयो । उक्त आयोजनाको सम्पुर्ण कार्य निर्धारित सम्पन्न भई ग्रिडमा जोडिने र राज्यको उर्जा आपूर्तिमा ठुलो योगदान पुर्‍याउन सक्ने अपेक्षा समेत राखेको बताउदै आगामी दिनमा अन्य प्रोजेक्टहरुमा पनी सफलताको सुभकामना व्यक्त गर्नुभयो । 

आयोजनाको बाँध, पाइपलाइन र विद्युतगृह, प्रसारण लाइन सबै संरचनाको काम तीव्र गतिमा अघि बढेको छ । बाँध क्षेत्रको काम लगभग ९० प्रतिशत सकिएको छ । ६.३ किलोमिटर लामो पेन्स्टक पाइपलाइनको काम ५ हजार १ सय मिटर सकिएको छ भने पाइपलाइनको पाइप बिछ्याउने बाँकी १२ सय मिटर पनि छिटै पूरा गर्ने गरी काम भइरहेको छ ।’ विद्युतगृहको सिभिल संरचनाको काम ९५ प्रतिशत सकिएको छ । इलेक्ट्रो मेकानिकल उपकरणहरु तयार भई आपूर्ति तथा जडानको काम भइरहेको छ । 

आयोजनाको सबै काम जेष्ठ भित्र पुरा गरी असार देखि विद्युत उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीका कार्यकारी अध्यक्ष जगत बहादुर पोखरेलले बताउनु भयो। नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पिपिए) गर्दा आयोजनाबाट विद्युत उत्पादन गर्ने अवधि २०८० साउनको अन्तिमलाई तोकिएको थियो छ । पछिल्लो समय विश्वव्यापी रूपमा फैलिएको कोरोना महामारीका र आर्थीक मन्दिमा पनी आयोजना निर्माणलाई द्रुत रुपमा अगाडी बढाउन सकिएकोमा उत्साहित बनाएको पोखरेलले बताउनुभयो।