बुटवलबाट २०७५ सालमा स्थापना भई जलविद्युत प्रवद्र्धन गर्दै आएको भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले आफ्नो चौंथो बार्षिक साधारसभा सम्मन्न गरेको छ । रुपन्देहीको तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा सम्पन्न भएको सभामा कम्पनीका कार्यकारी अध्यक्ष जगत पोखरेलले सामुहिक समृद्धीको लागी, सामुहिक लगानी भन्ने मूल नारालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रमा समेटिनु भएका महानुभावहरुलाई एउटै मूलधारमा आबद्ध गर्दै नीजि क्षेत्रका उद्यमी, व्यवसायी, शिक्षक, कर्मचारी, स्वास्थ्यकर्मीतथा कृषकहरुसंग रहेको सानो मात्राको रकमलाई एकिकृत गरि हामी सबैको गौरवको आयोजना सेतीनदी जलविद्युत आयोजना (२५ मे.वा.) को निर्माणको अन्तिम चरणमा आईपुग्न सफल भएको बताएका छन् ।
यस आयोजनाको विद्युत उत्पादन गर्नुपर्ने मिति ९आरसिओडी० २०८० साउन ४ गतेलाई तोकिएको छ । तोकिएको समयभन्दा २ महिना अगावै उत्पादन सुरु गर्ने योजनासहित अघि बढेको आयोजना प्रमुख प्रोजेक्ट डाईरेक्टर ई.लेखनाथ पाण्डेयले बताए । हालसम्म सिभिल तर्फ ८२ प्रतिशत भन्दा बढि काम सकिएको, हाईड्रोमेकानिकल तर्फ ८० प्रतिशत भन्दा बढी तथा इलेक्ट्रोमेकालिकल र प्रसारण लाईनको निर्माण पनी समयमै सम्पन्न हुनेमा विस्वस्त रहेको बताउनुभयो । देशमा आर्थिक संकट हुँदा पनी कम्पनीलाई त्यसको प्रभाव कम परेको र संस्थाको वित्तिय अनुसासनको पाटोले गर्दा कम्पनीको सफलतालाई थप टेवा पुर्याएको कम्पनीका सञ्चालक तथा वित्तिय संयोजक सुदिपसिंह अधिकारीले बताए ।
आयोजनाबाट उत्पादित विद्युत ५ किलोमिटर दूरीमा रहेको प्राधिकरणको लाहाचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनको आवश्यक १३२ केभी डबल सर्किट प्रसारण लाइन कम्पनी आफैंले निर्माण गरिरहेको छ । प्रसारण लाइनको जग खन्ने काम भइरहेको छ । टावर खडा गर्ने तयारी गरिरहेको पनि पाण्डेले बताउनुभयो । आयोजना सम्पन्न गर्न ५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । एनएमबीले २ अर्ब २० करोड, कर्मचारी संचय कोषले ८० करोड र कृषि विकास बैंकले ५० करोड रुपैयाँ ऋण लगानी गरेका छन । बाँकी ३० प्रतिशत अर्थात १ अर्ब ५० करोड रुपैयाँ स्वपुँजी लगानी छ ।
विद्युत प्राधिकरणले यो आयोजनाको विद्युत हिउँदमा प्रतियुनिट ८।४० रुपैयाँ र बर्खामा ४।८० रुपैयाँमा किन्ने गरी विद्युत खरिद सम्झौता ९पिपिए० गरेको छ । यसैसभामा विभिन्न क्षेत्रका अगुवाहरुको पनी बाक्लो उपस्थित रहेको थियो । नेपाल सरकारका पुर्व सचिव हरी बस्याल र डा.मान बहादुर बि.के, शैक्षिक क्षेत्रका अगुवा तथा अन्नपुर्ण विद्युत विकास कम्पनीका अध्यक्ष रामेश्वर अर्याल, पर्व एआईजी विज्ञानराज शर्मा, पुर्व महारथी आनन्द भाट, आयोजना स्थलका सामाजिक अगुवा विक्रम गुरुङ्ग लगातयले शुभकामना मन्तव्य दिने क्रममा भिजन लुम्बिनीले छोटो समयमै उर्जा क्षेत्रमा प्राप्त गरेको सफलता र पृथक प्रयासहरु अनुकरणीय र प्रसंशा योग्य रहेको बताए । यसले लगानीको जुटाउनको लागी विश्वासको वातावरण समेत तयार भएको बताएका थिए ।
साधारण सभाको औपचारीक कार्यक्रमको सञ्चालन कम्पनी सचिव मिन प्रसाद ढकालले गरेका थिए । सभाले अध्यक्ष जगत बहादुर पोखरेलबाट प्रस्तुत आ.व २०७८र०७९ को बार्षिक प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ । र सिए दुर्गा प्रसाद ज्ञवालीबाट प्रस्तुत आ.व २०७८र०७९ को वित्तिय प्रतिवेदन समेत पारित गरेको गरेको छ । उक्त कार्यक्रमबाट कम्पनीका सञ्चालक प्रोफेसर डा.दिपक बहादुर शाक्यलाई मधेश विश्वविधालयको उपकुलपति बन्न सफल भएकोमा अध्यक्षबाट दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरेको छ । कम्पनीले साधारण शेयर (IPO) निस्कासन गर्ने कार्यको प्रकृया अगाडी बढाएको, अन्य नयाँ जलविद्युत आयोजना सञ्चालन तथा लगानी गर्ने योजना अगाडी बढाईएको कम्पनीका सुचना अधिकारी दिपक बि.सी(कुशल)ले जानकारी गराए । साथै सोही कार्यक्रम लगत्तै भिजन लुम्बिनी लिमिटेडको पनी सातौ बार्षिक साभरणसभा सम्पन्न भएको छ ।