भिजन लुम्बिनी उर्जा कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले विद्युत नियमन आयोगबाट सहमति पाएसँगै फागुन २१ गते आईपीओ निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई ३८ करोड २५ लाख रकम बराबरको ३८ लाख २५ हजार बराबरको कित्ता सेयर निष्कासनको लागि अनुमति माग गरेको हो ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका स्थित सेतीनदीमा २५ मेगावाटको सेतिनदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अधिकांश संरचना माछापुच्छ्रे गाउँपालिकाको वडा नं २ र यसको अलावा वडा नं १,३,४ र पोखरा महानगर पालिकाको वडा नं १९ को केहि भागमा रहने छ ।